स्वारेजले अन्तिम समयमा उत्कृष्ट गोल गर्दा आर्सनल पराजित « Khabarhub

स्वारेजले अन्तिम समयमा उत्कृष्ट गोल गर्दा आर्सनल पराजित


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खेलको अन्तिम समयमा लुइस स्वारेजले उत्कृष्ट गोल गर्दा आर्सनल विरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना बिजयी भएको छ ।

प्रि सिजन अन्तर्गतको अन्तिम खेलमा इंग्लिस क्लब आर्सनले स्पेनिस क्लब बार्सिलोना विरुद्ध बलियो टीमलाई मैदानमा उतारेको थियो । तर उसले घरेलु टोलीलाई रोक्न सकेन ।

खेलको दोस्रो हाफमा आर्सनलका एइन्स्ली माइट्ल्याण्डले आत्मघाती गोल गरेसँगै खेलमा बार्सिलोनाले थप दबाब सिर्जना गरेको थियो ।

खेलको पहिलो हाफमा पिएर एमरिकको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर दोस्रो हाफमा निल्सले बार्सिलोनाका लागि गोल उपहार दिएपछि बराबरीको अवस्था बन्न पुग्यो ।

खेलको अन्तिम समयमा बार्साका स्ट्राइकर स्वारेजले आफ्नो पूर्व क्लब विरुद्ध उत्कृष्ट गोल गर्दा बार्सिलोनाले नयाँ सिजनको सुखद् शुरुवात गर्ने भएको छ ।

मेस्सीलाई आराम दिइएको खेलमा ९८ हजार ८ सय १२ दर्शकले १०७ मिलियन पाउन्डमा बार्सिलोना भित्रिएका एन्टोनी ग्रिजम्यानको पहिलो झलक हेर्न पाएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ३७ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद