चरेस र सालकको खपटासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चरेस र सालकको खपटासहित तीन जना पक्राउ


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा अवैध लागूऔषध चरेस र सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

थाहा नगरपालिका–९ टिपटारबाट करिब १० किलो चरेस र करिब १ किलो तौलको सालकको खपटासहित तीन जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिप कुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबितागोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ४६ बजे

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

एजेन्सी – उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी

पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार

हाइटेक टनेलमा च्याउखेती, वार्षिक १० लाख आम्दानी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट

सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनसरी– भोक्राहा नरसिंह गाउँपालिका-८ बस्ने ३५ वर्षीय विजय उराउको घरमा विद्युत्

पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका-७ जेबी चोकस्थित बिजुली पोल गाड्ने क्रममा हाइटेन्सनको तारबाट करेन्ट