चीनकै कारण बढ्यो गधा तस्करी « Khabarhub

चीनकै कारण बढ्यो गधा तस्करी


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

गाउँलेलाई पानी खुवाउनका लागि स्टिभ गधामा निर्भर रहने गरेका थिए। आफ्ना ग्राहकलाई पानी पिलाउनका लागि उनी गाडामा एक पटकमा २० क्यान पानी ओसार्ने गर्थे। तीनै गधा पनि छालाका लागि चोरिएपछि स्टिभ अहिले वाक्क भएका छन्। त्यो दिनको सुरुवात फरक ढङ्गले भएको थियो। घर छाडेर उनी बिहानै नैरोबी नजिक रहेको जनावर गोठमा पुगेका थिए।

उनले त्यहाँ आफ्ना वस्तु भेटेनन्। तीन दिनसम्म कतै गएका छन् कि भनेर उनले खोजी गरिरहे। तीन दिनको अन्तरालमा एउटा साथीले फोन गरेर कङ्काल देखेको बताए। साथीले ती सबै जनावर मारिएको तथा छाला काढेर कसैले लिएर गएको बताए।

अहिले केन्या मात्र होइन सिङ्गो अफ्रिकामा नै यसरी गधा चोर्ने क्रम सामान्य बनेको छ। कामका लागि जनावर पाल्नेहरु पीडामा छन्। व्यवसायी दृष्टिकोणले गधाको छाला अहिले संसारमा नै प्रचलित छ। तर, त्यसका लागि गरिएको चोरी र हत्याको शृङ्खला साँच्चै लामो छ।

गधाको उत्पत्ति र मुख्य स्थान केन्यालाई मानिन्छ। यस भन्दा धेरै टाढा रहेको चीनमा सबै भन्दा धेरै गधाको छालाको माग हुन्छ। त्यसमा रहेको एउटा पदार्थ जसलाई एजाओ पनि भनिन्छ। सो पदार्थलाई औषधीका लागि प्रयोग गर्ने प्रावधान धेरै पुरानो हो। यसले युवाको स्वास्थ्यमा धेरै सुधार गर्छ भन्ने मान्यता समेत धेरैको रहेको छ।

गधाको उत्पत्ति र मुख्य स्थान केन्यालाई मानिन्छ। यस भन्दा धेरै टाढा रहेको चीनमा सबै भन्दा धेरै गधाको छालाको माग हुन्छ।

गधाको छाला निकालेर जेलाटीन निकालिन्छ। त्यो जेलाटीनलाई धुलो बनाएर खानामा समेत प्रयोग गरिन्छ। एजाओ परम्पराका कारण गधाको तस्करी बढेको तथा यसले धेरैलाई समस्यामा पारेको भन्दै स्टिभ लगायतले आवाज उठाएका छन्। उनको यो अभियानका बाबजुद लामो दुरीसम्म यसको असर परेको छ। यसको एउटा जन्जाल नै संसारमा फैलिएको छ।

अहिले गधालाई संरक्षण गर्न एउटा क्षेत्र नै तोकिएको छ। यसका बाबजुद चोरी र निकासी हुँदै सन् २०१७ यता ५९ लाख गधा मारिएका छन्। यो एउटा अनुमान हो। यसको तथ्यांक अझै फेला परेको छैन। एजाओ उद्योगका लागि कत्ति गधा मारिएका छन् भन्ने यकिन तथ्यांक भने अझै छैन।

संसारमा रहेका ५ करोड ३० ला गधाको वासस्थान अफ्रिका हो। अफ्रिकामा धेरै नियम पनि राखिएका छन्। गधाको छाला निर्यात कुनै कुनै देशमा मात्र वैध छ। अन्य धेरै देशमा अवैध नै छ। तर पनि गधाको छालाको मूल्य बढी भएका कारण यसको तस्करीमा नै धेरैको आकर्षण छ। गधा संरक्षित क्षेत्रबाट पनि धेरै जना मिलेर सीमा पार गराउने प्रचलन रहेको छ। त्यहाँबाट पार गरेर गधाको छाला व्यापार वैध रहेको स्थानमा लगिने गरिएको छ।

अहिले गधाको सङ्ख्या घटी रहेको समयमा ब्राजिल र अफ्रिकी स्टेट सरकारले गधा व्यापारलाई अवैध घोषणा गर्ने जमर्को गरेका छन्। यो निर्णयले छाला तस्करीमा कमी आउन सक्नेछ।

अहिले गधाको सङ्ख्या घटी रहेको समयमा ब्राजिल र अफ्रिकी स्टेट सरकारले गधा व्यापारलाई अवैध घोषणा गर्ने जमर्को गरेका छन्। यो निर्णयले छाला तस्करीमा कमी आउन सक्नेछ। यो एउटा टर्निङ प्वाइन्ट हुने विश्वास गरिएको छ।

गधा संरक्षणमा सक्रिय सोलोमान ओङयाङगोका अनुसार सन् २०१६ देखि २०१९ को बिचमा केन्यामा रहेका आधागधाहरू सीमा पार लगिए। गरिब ग्रामीण क्षेत्रमा यातायातकै रूपमा परिचित गधा पालन एउटा मुख्य पेसा नै थियो। पानी र खाने कुरा समेत गधाले नै बोक्ने गरेका थिए।

यसपछि केन्यामा धेरै जनाले गधाको सङ्ख्यामा कमी आएपछि यसको विरुद्धमा एउटा विद्रोह नै गरे। शनिबार सुरु भएको अफ्रिकी युनियनको सम्मेलनमा गधा निर्यात माथिको प्रतिबन्ध प्रस्तावको रूपमा राखिने छ। आइतबार सम्मेलन सकिने छ।

स्टिभ अफ्रिकी सम्मेलनको यो निर्णय प्रभावकारी हुने विश्वासमा छन्। उनले आगामी पुस्तामा केन्यामा समेत गधाको अभाव हुने अनुमान गरेका थिए। चीनमा बढ्दै गएको एजाओको लोकप्रियतासँगै संसारका सबै देशमा गधाको सङ्ख्यामा कमी आएको जनाइएको छ।

चिनियाँ व्यापारीले अफ्रिका, दक्षिण अमेरिका र एसियाबाट गधाको आयात गर्ने गरेका छन्। अफ्रिकासँग उनीहरूको तनावकै अवस्था सिर्जनासमेत भएको छ। तान्जानीया र आइभोरी कोस्टले गधाको व्यापारलाई बन्देज लगाएको अवस्थामा पाकिस्तानले पनि सो चिनियाँ व्यवसायलाई साथ दिएको छ। यसका लागि पाकिस्तानमा प्रजनन केन्द्र नै स्थापन गरिएको थियो।

समुदायको धेरैले गधा मार्फत सामान ओसारेर जीवन निर्वाह गरी रहेका छन्। गधाले २४ घण्टा केही पनि नखाएर काम गर्न सक्ने तथा बलियो भएका कारण ग्रामीण क्षेत्रमा यो असाध्यै काम लाग्ने चिकित्सकको मत छ।

सिड्नी युनिभर्सिटीका प्राध्यापक लाउरेन्ट जोन्टसनले चीन र अफ्रिकाको व्यापारिक सम्बन्धको अध्ययन गरिरहेका छन्। उनका अनुसार चीनमा एजाओको मूल्य सन् २०१३ देखि २०२२ सम्म अत्यधिक बढेको छ।

अहिले सामुदायिक स्वास्थ्य क्षेत्र, पशु संरक्षण अभियन्ता अपराध अनुसन्धानमा संलग्न सबैका लागि यो चासोको विषय हो। धेरै अनुसन्धानले देखाए अनुसार गधाको छालासँगै अन्य धेरै अवैध काम पनि हुने गरेका छन्।

अहिले अफ्रिकी नेताका सामु एउटा प्रश्न छ। यसरी गधा मारिदा अफ्रिकाको आर्थिक अवस्था ओरालो लागेको छ वा उकालो ? समुदायको धेरैले गधा मार्फत सामान ओसारेर जीवन निर्वाह गरी रहेका छन्। गधाले २४ घण्टा केही पनि नखाएर काम गर्न सक्ने तथा बलियो भएका कारण ग्रामीण क्षेत्रमा यो असाध्यै काम लाग्ने भेटेरिनरी चिकित्सकको मत छ।

गधाको जन्म पनि सजिलो हुने गरेको छैन। यस कारण प्रत्येक वर्ष गधाको सङ्ख्या घटिरहेको छ। यसले अहिले गरिबको जीवनमा साँच्चै समस्या निम्त्याएको छ। धेरै जनाले प्रजनन केन्द्र स्थापना गरेर गधाको सङ्ख्या बढाउनु पर्नेमा जोड दिन थालेका छन्। हजारौँ वर्षदेखि चीनमा गधाको रगतले मानिस स्वास्थ्य हुने मात्र होइन प्रजनन क्षमतामा वृद्धि गर्ने मिथक पनि रही आएको छ।

गधाको यही आकर्षणले अहिले धेरै अफ्रिकीको जीवनमा अप्ठेरो आएको छ। २४ वर्षीय स्टिभ गधा हराएको दिनदेखि बाँकी जीवन कसरी अघि बढाउने होला भन्दै अलमलमा छन्।

चीनमा एजाओ उत्पादनका लागि वार्षिक ५० लाख गधाको माग हुने गरेको छ। २० लाख चीनमा उत्पादन हुने गरेको भए पनि ३० लाख अन्यत्रबाट आयात हुने गरेका छन्।

केन्यामा रहेर गधा संरक्षणमा सक्रियमा च्यारीटी ब्रुक भने स्टिभ जस्ता युवालाई गधा पालनमा सहयोग गर्नुका साथै शिक्षामा पनि सहयोग गर्न चाहन्छन्। अन्य धेरै देशले गधा तस्करीमा चासो नदिएका कारण पनि यो समस्या विश्वव्यापी रूपमा बढेको केही अभियन्ताको मत छ।

दुई वर्ष अघि नै प्रकाशित एक रिपोर्टका अनुसार चीनमा एजाओ उत्पादनका लागि वार्षिक ५० लाख गधाको माग हुने गरेको छ। २० लाख चीनमा उत्पादन हुने गरेको भए पनि ३० लाख अन्यत्रबाट आयात हुने गरेका छन्। यसको २५ देखि ३० प्रतिशत गधा चोरेर त्यहाँ लगिने अनुमान गरिएको छ। तान्जानीया र नाइजेरियाले गधा निर्यातमा प्रतिबन्ध लगाएपछि दक्षिण अफ्रिका चीनको नयाँ निसाना बनेको थियो। यसका लागि लेसोथोको अवैध बाटोबाट तस्करी पनि भएको थियो।

अफ्रिकी राष्ट्रले गधा निर्यातलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएमा गधा तस्करीमा संलग्न चिनियाँका लागि यो एउटा नयाँ टाउको दुखाइको विषय हुनसक्ने छ। स्रोत : बीबीसी, भ्वाइस अफ अमेरिका

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ६ : ४३ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक