बढाइयो सलमान खानको परिवारको सुरक्षा  « Khabarhub

बढाइयो सलमान खानको परिवारको सुरक्षा 


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पटक-पटक ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा प्रहरीले थप कडाइ गरेको हो । 

ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । भारतीय मिडियाका अनुसार उनका बहिनी जवाइ आयुष शर्माको पनि विशेष सुरक्षा दिइएको छ ।

प्रहरीले शर्मालाई सार्वजनिक कार्यक्रममा निस्कँदी सलमानको ‘बुलेट प्रुफ’ गाडीमा निस्कन सचेत गराएको छ । यस्ता कार्यक्रममा उनको अघि–पछि अब प्रहरी रहने बताइएको छ । 

सन् २०२२ को नोभेम्बरमा बिश्नोइबाट सलमानको ज्यान मार्ने धम्की आएको थियो । सोही कारण सुरक्षाका लागि उनलाई हतियार राख्न अनुमतिसमेत दिइएको थियो ।

यही घटनालाई लिएर अहिले प्रहरीले सुरक्षा बढाएको हो । खासगरी प्रहरी सलमानका ज्वाइ आयुषको सुरक्षामा केन्द्रित रहेको छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  २ : ३७ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ