भारतमा बस्ने नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने « Khabarhub

भारतमा बस्ने नेपालीले पनि भारतीय सीमकार्ड लिन पाउने


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिए ।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिमकार्ड लिन सक्नेछन् ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ४८ बजे

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, १० जना बेपत्ता

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा