सुनको मूल्य अहिलेसम्मकै महंगो, कति पुग्यो मूल्य ? « Khabarhub

सुनको मूल्य अहिलेसम्मकै महंगो, कति पुग्यो मूल्य ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य अहिलेसम्मकै महंगो बनेको छ ।

आइतबार नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रतितोला ६६ हजार ३ सय रुपैयाँ मूल्य तोकेको थियो । शुक्रवार नेपाली बजारमा सुन प्रतितोला ६५ हजार ५ सयमा कारोबार भएको थियो ।

विश्वबजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ ।

विश्व बजारमा सुनको मूल्य बढेर १ हजार ४ सय ४१ डलर प्रतिऔंस पुगेसँगै नेपाली बजारमा पनि सुन हालसम्मकै उच्च बनेको हो ।

सुनको मूल्य उच्च भएसँगै सुनको कारोबार ७५ प्रतिशतले घटेको व्यवसायीको भनाइ छ । सुनको व्यापार नभएपछि करिब पौने आठ सय किलो सुन बैंकमा जम्मा भएको छ ।

करिब १ महिनायता बैंकले सुन आयात रोकेको छ । यसअघि आयात भएको सुन बिक्री नभएपछि बैंकले गत असार २० गतेदेखि सुन आयात रोका हुन् । आइतबारसम्म करिब ८०० किलो सुन बैंकमा थुप्रिएको बैंकर्स संघले जनाएको छ ।

हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकहरूले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १० : ०५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष