४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ | Khabarhub Khabarhub

४ किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ड्रागन एयरको फ्लाइट नम्बर के–१०४ मार्फत हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख (सहसचिव) गजेन्द्र कुमार ठाकुरले खबरहबलाई जानकारी दिए ।

सुनसहित पक्राउ पर्ने चिनियाँ नागरिक २३ वर्षी ली लिङ छी छन् ।

उनले कपडाको बेल्ट (पेटी) बनाएर त्यसमा ४ ओटा सुनको बिस्कुट लगेजमा लुकाएर ल्याएका थिए ।

लेजग जाँचका क्रममा शंकास्पद लागेपछि खोलेर हेर्दा सुन देखिएको ठाकुरले जानकारी दिए । आइतबार राति १० बजे नै सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिए पनि सोमबार बिहान ल्याब परीक्षण पछि मात्रै बरामद भएको वस्तु सुन हो भन्ने पुष्टि भएको ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ११ : ३७ बजे

टीसीएलको ग्लोबल ब्राण्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन

शेन्जेन– टीसीएलले फ्रीस्टाइल स्कीयर एइलिन गुलाई ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको

‘भैरहवामा एयर रुटको कुनै समस्या छैन’

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आगामी

अर्जेन्टिनाको समुद्री तटनजिकै ७.५ म्याग्निच्युडको भूकम्प, सुनामीको खतरा टर्‍यो

स्यान्टियागो/ब्युनस आयर्स- दक्षिण अमेरिकाको तट नजिकै शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प

विकट गाउँको दुःख : बर्खामा सडक नचल्दा खाद्यान्न ढुवानीमा समस्या

ढोरपाटन– जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा

प्रभु स्मार्ट फण्डले १० प्रतिशत लाभांश पारित गर्न तोक्यो बुक क्लोज मिति 

काठमाडौं– प्रभु स्मार्ट फण्डले लाभांश पारित गर्ने बुक क्लोजको मिति