युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट « Khabarhub

युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको पाइएको छ ।

बुधबार प्रकाशित एक अध्ययनमा युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को माग आगामी वर्ष उच्च हुने उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरित रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो ।

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२–२०२३ को जाडोमा यसबाट पार पाए ।

रुसी आक्रमण सुरु भएदेखि नै मुख्य रूपमा जर्मनी, इटाली र बेलायत सहित युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालाइसिसले बताएको छ ।

यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो ।

“युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ”, आइइइएफएले भनेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ०० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा