समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन « Khabarhub

समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ ।

 रास्वपाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता समितिको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।

विज्ञप्तिमा पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप गरेको वा गराइएको पाइए कारबाही गर्ने उल्लेख छ । 

उनले व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थक सामूहिकरूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न र नगराउनसमेत आग्रह गरेका छन् ।  

‘विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागबन्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो’, विज्ञप्तिमा उल्लेख छ, ‘जनहितका लागि गर्नुपर्ने काममा पनि भागबण्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी विरोध गर्दछौँ ।’

पार्टीले राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ६ : ४३ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही