‘दक्षिण चीन सागरको विवादमा दक्षिणपूर्वी एसियाली मुलुकको दृष्टिकोणमा कुनै मतभेद छैन’ « Khabarhub

‘दक्षिण चीन सागरको विवादमा दक्षिणपूर्वी एसियाली मुलुकको दृष्टिकोणमा कुनै मतभेद छैन’


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आशियानका महासचिव डा. काओ किम होर्नले दक्षिण चीन सागरमा जारी विवादलाई लिएर दक्षिणपूर्वी एसियाली मुलुकहरुको दृष्टिकोणमा कुनै मतभेद नरहेको रहेको जनाएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले दक्षिण चीन सागरमा चीनसँग जारी विवादबारे मुलुकहरुले द्विपक्षीय माध्यमबाट वार्ता गर्नुपर्नेमा जोड दिए ।

उनले हाल आचारसंहितालाई अन्तिम रुप दिनेबारे छलफल भइरहेको भन्दै दक्षिण चीन सागरको अवस्था व्यवस्थापन कसरी गर्ने विषयमा बहस भइरहेको बताए । अन्तर्राष्ट्रिय व्यवसायिक पारवहनका लागि अत्यावश्यक मानिने दक्षिण चीन सागरमा अथाह प्राकृतिक स्रोत रहेको ठानिन्छ ।

चीनले यस समुद्रको ठूलो हिस्सामा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । दक्षिण चीन सागरको जलक्षेत्रलाई लिएर चीन र मलेशिया, इण्डोनेशिया, ब्रुनाइ, फिलिपिन्स, भियतनामजस्ता मुलुकबीच बारम्बार विवाद उत्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १२ : ४३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी