मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे बाबुराम भट्टराईले गरे छलफल


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग निर्माणमा भएको ढिलाइबारे छलफल गरेका छन्।

गोरखामा डा. मध्यपहाडी लोकमार्ग (नुवाकोट–धादिङ–गोरखा–लमजुङ खण्ड) का प्रमुख ई.नरेन्द्र भट्टसँग लोकमार्ग निर्माणमा भइरहेको ढिलाइबारे गहन छलफल गरेका हुन्।

भट्टसँग डा.भट्टराईले मध्यपहाडी लोकमार्ग गोरखा खण्डको आरूघाट–ओखले, ओखले–निबेलमसानेठाँटी–ठाँटीपोखरी खण्डमा भइरहेको ढिलाइबारे गम्भीर छलफल भएको बताए। भट्टराईले ती सडकखण्डमा भइरहेको अस्वाभाविक ढिलाइ अन्त्य गरेर छिटो सम्पन्न गर्न आग्रह गरे।

छलफलमा गण्डकी प्रदेशसभा सांसद तथा नेसपा नेता फणीन्द्र देवकोटा पनि थिए। डा.भट्टराईले आफू प्रधानमन्त्री हुँदा गौरवको आयोजनाको रूपमा मध्यपहाडी लोकमार्ग घोषणा गरेका थिए।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ५५ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’