भरतपुर भ्रमण वर्ष सञ्चालनका लागि महानगर र पर्यटन बोर्डबीच सम्झौता « Khabarhub

भरतपुर भ्रमण वर्ष सञ्चालनका लागि महानगर र पर्यटन बोर्डबीच सम्झौता


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

पर्यापर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्डले गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमूना काम गर्न अनुरोध पनि गरिन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ३३ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध