फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ? | Khabarhub Khabarhub

फिल्म प्रदर्शन हुने अघिल्लो दिन नुन पानीले किन नुहाउँछन् शाहरुख ?


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको व्यक्तिगत विवरण बुझ्न दर्शक उत्सुक हुन्छन् । सोहीकारण उनका सानाभन्दा साना कुरा पनि चर्चामा आउँछन् । उनले भर्खरै फिल्म प्रदर्शनको अघिल्लो दिन नुन पानीले नुहाउने खुलासा गरेका छन् ।

शाखरुखले यसबारेमा जानकारी दिँदा दर्शकहरू आश्चर्यमा परेका थिए । यो कुरा आफूले वर्षौँदेखि गर्दै आएको उनको भनाइ छ ।

शाहरुख भन्छन्, ‘फिल्म शुक्रबार प्रदर्शन हुन्छ । म बिहीबार २ घण्टा नुहाउँछु । यस्तो गर्दै आएको वर्षौँ भयो ।’

फिल्ममा अभिनय गरेको पात्र आफ्नो शरीरबाट भगाउनका लागि लामो समय लगाएर नुहाउने उनी बताउँछन् । दिल–ज्यान लिएर निर्वाह गरेको फिल्मको पात्र हटाउनु नै यसको उद्देश्य भएको उनी स्पष्ट पार्छन् ।

यसरी नुहाउँदा महँगो तेल र सुगन्धको प्रयोग गर्ने उनी बताउँछन् । पानीमा नुन मिसाउनुको कारणबारे उनी भन्छन्, ‘यसले चाहिँ मलाई राम्रो महसुस गराउँछ ।’

यसरी मनदेखि नै फिल्ममा काम गर्दा नसोचेको नतिजा आएको उनी बुझाइ छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ११ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित