शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत  « Khabarhub

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत 


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि परेको बताएका छन् ।

बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्दै मन्त्री बस्नेतले आफू शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लागेको भन्दै राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने समेत बताए ।

संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने उनले बताए ।

त्यस्तै उनले चिकित्सा शिक्षा ऐन चाडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर दाबी गरे।

बिहीबार शिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १ : २५ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न