पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड « Khabarhub

पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

गजनी – पूर्वी अफगानिस्तानको एउटा फुटबल रंगशालामा बिहीबार दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइने थियो । तालिवान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो । 

गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा ‘आँखाको बदला आँखा’ सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ । यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन । 

सन् १९९६ देखि सन् २००१ सम्म तालिबानको पहिलो शासनको समयमा सार्वजनिक मृत्युदण्ड सामान्य थियो । सन् २०२१ अगस्टमा सत्तामा फिर्ता भएपछि तालिबानले अन्य दुई जनालाई मात्र मृत्युदण्ड दिएको छ । दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए । 

चोरी, व्यभिचार र मदिरा सेवनसहित अन्य अपराधहरूका लागि नियमितरूपमा सार्वजनिकरूपमा कोर्रा हान्ने सजाय दिइने गरिएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत वर्ष न्यायाधीशहरूलाई शरियाका सबै पक्षहरू पूर्णरूपमा कार्यान्वयन गर्न आदेश दिएका थिए । यसमा किसासको सजाय पनि सामेल छ । 

अन्तिमपटक सन् २०२३ जुनमा मृत्युदण्ड दिइएको थियो । एक दोषी हत्यारालाई करिब दुई हजार मानिसको अगाडि लघमान प्रान्तको मस्जिदको मैदानमा गोली हानी मारिएको थियो । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  २ : १२ बजे

छ सय साठी किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले ६६० किलोग्राम गाँजासहित दुई

बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै

काभ्रेपलाञ्चोक– बनेपाको मानन्धर तथा शाक्यहरु  ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन्

राष्ट्रिय वाणिज्य बैंकद्वारा व्यवसायी रुपज्योतिको एनजिएम इन्जिनियरिङको धितो लिलामी प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूबाट प्रवाह

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली