सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित « Khabarhub

सरकारले मुआब्जा नदिएको भन्दै पीडित आन्दोलित


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको तामागढी सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हाल सम्म नपरेको भन्दै पीडितहरूले बिहीबार आन्दोलन गरेका छन् ।

पीडितहरूले सरकारलाई पटक पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी सिम्रोनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराले बिरोध गर्दै सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

तामागढीको प्रस्थान बिन्दुमा हुलाकी सडक बन्द गरेर उनीहरूको आन्दोलन गरिरहेका छन भने पूर्व पश्चिम लोकमार्गसमेत अवरुद्ध गर्न सक्ने भन्दै ठुलो मात्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

२०७८ चैत १८ गते निर्माण सम्पन्न भएको यस तामागढी-सिम्रौनगढ हुलाकी सडक भारत सरकारको अनुदान सहयोगमा निर्मित ३९.७५ किलोमीटर निर्माणको क्रममा सडक बिस्तारमा परेका घर र जग्गाको मुआब्जा दिने सरकारले निर्णय गरेको थियो।

तर, सरकारले निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा समेत मुआब्जा नदिएपछि उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनमा कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र बारागढी गाउँपालिकाका पीडित सहभागी रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  २ : २३ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका