कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट « Khabarhub

कांग्रेसको महासमिति बैठक सम्पन्न, विधान मस्यौदा समिति बनाउने महामन्त्री थापाको अठोट


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार प्रस्ताव पारित गर्दै कांग्रेसको महासमिति बैठक समापन भएको घोषणा गरिएको छ ।

बैठकले नीति, साङ्गठनिक , राजनीतिक, लेखा प्रस्ताव पारित गरेको छ । यसबारे जानकारी दिँदै कांग्रेस महामन्त्री गगन थापाले विधान मस्यौदा समिति बनाउने उद्घोष गरेका छन् । 

असन्तुष्ट बनेका महासमिति सदस्यहरूलाई आश्वासन दिँदै प्रतिनिधिहरूको सुझाव केन्द्रमा राखेर काम गर्ने बताए । ‘अरु पार्टीमा दबाब खुम्च्याइन्छ तर कांग्रेसमा त्यस्तो हुँदैन’ थापाले भने, हामी अरुभन्दा फरक संस्कार भएको पार्टीका सदस्य हौं । 

महामन्त्री थापाले सबै प्रस्तावमाथि छलफल भएको र त्यसलाई मसिनो गरी लिपिवद्ध गर्ने प्रतिवद्धता जनाए । थापाले टीआरसी विधेयक संसदबाट छिट्टै पारित गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ४ : ५० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले