भारतमा किसानमाथि प्रहरीको कारवाहीमा एकको मृत्यु « Khabarhub

भारतमा किसानमाथि प्रहरीको कारवाहीमा एकको मृत्यु


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् । 

किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब एक सय २१ किलोमिटर टाढा पञ्जाब र हरियाणाको बीच सीमाविन्दु खनौरीमा भएको हो । प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारवाहीमा मारिएका हुन् । यद्यपि हरियाणा प्रहरीले उक्त आरोपलाई अस्वीकार  गरेको छ । 

‘खनौरीबाट तीन जना बिरामी हामीसँग आएका छन्, तिनीहरूमा एक जनाको यहाँ आइपुग्दा मृत्यु भएको छ, गोली लागेको जस्तो देखिएका अन्य दुईको अवस्था गम्भीर छ तर यसको पुष्टि गर्न सकिँदैन’, पटियालाका राजेन्द्र अस्पतालका वरिष्ठ चिकित्सा अधिकारी रेखीलाई उद्धृत गर्दै भनिएको छ, ‘यहाँ आइपुग्दा मरिसकेका व्यक्तिको टाउकोमा गोली लागेको थियो तर गोलीको आकारजस्तो अधिक जानकारीको पुष्टि शव परीक्षणपछि मात्र थाहा हुनसक्छ ।’

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि मृत्युको पुष्टि गरे। प्रहरीले किसानको आन्दोलन रोक्नका लागि अम्बाला जिल्ला नजिकै अर्को सीमा विन्दु शम्भूमा अश्रु ग्याससहित रबरको गोली चलाएको छ । 

जारी विरोध प्रदर्शन अन्त्य गर्ने प्रस्तावका रूपमा आगामी पाँच वर्षका लागि न्यूनतमा सुरक्षा मूल्यमा किसानबाट दाल, मकै र कपासको बाली खरिद गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेपछि किसानहरूले बुधबार नयाँदिल्लीमा पुनः आन्दोलन सुरु गरेका छन् । 

भारतको सङ्घीय सरकारले बुधबार किसानहरूलाई शान्ति कायम राख्न आग्रह गर्दै समाधानका लागि पाँचौँ चरणको वार्ता गर्न तयार रहेको जनाएको छ । 

भारतमा यसै वर्ष आसन्न आम निर्वाचन र प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको अवसर खोजिरहेका बेला किसानहरूको विरोध प्रदर्शन चलिरहेको छ । 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : ३६ बजे

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ

झापा ५ मा ‘गुइँठा’को राजनीति !

झापा- झापा क्षेत्र नम्बर ५ मा अहिले नेकपा एमालेका अध्यक्ष

जलाइएको सिंहदरबार अगाडि भारतले दिएका गाडी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १