७ वर्षपछि कपिल शर्मा र सुनिल ग्रोभर एकसाथ  « Khabarhub

७ वर्षपछि कपिल शर्मा र सुनिल ग्रोभर एकसाथ 


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

मुम्बइ– भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् । 

अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् । 

चर्चित गुलाटी फेम पात्र सुनील ग्रोवरले इन्डियन एक्सप्रेससँगको कुराकानीमा आफ्नो र कपिलको सम्बन्धको बारेमा खुलेर बताएका छन्  । सुनिलले भने, ‘मलाई सत्य थाहा छ, त्यसैले अरूले के भन्छन् र के सोच्छन् त्यो उनीहरूको समस्या हो, मेरो होइन।’ कमेडियन कपिल र सुनिल ७ वर्षको झगडा पछि सँगै आउन लागेका हुन ।

कमेडियन सुनिल ग्रोवरले सुरुमा आफू अलिकति डिस्टर्ब भएको तर अब नरहेको बताए । प्रश्न उठाउने माथि सुनिलले भने,  ‘यस्तो गर्नेलाई मैले किन जवाफ दिनु पर्छ रु म केही प्रश्नहरूको जवाफ दिन चाहन्छु, म गर्नेछु, तर मैले कसैलाई स्पष्टीकरण दिन आवश्यक छैन।’

सुनीलले अगाडि यो पनि भने कि यो सम्पूर्ण मामिलामा दर्शकलाई थाहा छैन। तिनीहरूसँग कुनै तथ्य छैन। ती मानिसहरू जे पनि बोल्छन् किनभने त्यो उनीहरूको काम हो। कमेडियनले थप अगाडि भने,  ‘नकारात्मक कुराले बढी ध्यान दिन्छ । यी सबै मानिसहरूले पनि पछि सबै कुरा बुझ्ने छन्।’

सन् २०१७ मा सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भएको थियो । उनीहरु दुवै आफ्नो टोलीसँग अष्ट्रेलिया भ्रमणमा गएका बेला उनीहरूबीच कुनै न कुनै विषयमा झगडा भएको थियो । यसपछि सुनिल ग्रोवरले कपिल शर्मासँग काम गर्न छाडेका थिए । कपिलले सुनिलसँग सार्वजनिक रूपमा माफीसमेत मागेका थिए तर सुनिल भने कपिलको शोमा फर्केका थिएनन् ।

अब ७ वर्षपछि यी दुई साथी सँगै आउन लागेका हुन् । शोको बारेमा थप जानकारी चाँडै सार्वजनिक गरिने सुनिलले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ५६ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका