सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगाे लगाउन सांसदहरुको माग | Khabarhub Khabarhub

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगाे लगाउन सांसदहरुको माग


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसदहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुंगाे लगाउन माग गरेका छन् ।

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक जतिसक्दो चाँडो समितिबाट वा प्रतिनिधिसभा बैठकमा पेस गरेर टुंगाे लगाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुंगाेमा पुर्‍याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गरे । उनले पीडित, नागरिक समाज र सञ्चारमाध्यमको दबाबलाई समेत ख्याल गर्दै उक्त विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गतेभित्र टुंगाे लगाई सक्नुपर्ने प्रस्ताव गरे ।

प्रमुख सचेतक लेखकले विधेयकमा भएका विषयमध्ये केही बुँदा मात्र सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुंग्याउने प्रयास गर्नुपर्ने भन्दै छलफलबाट टुंगाेमा नपुगे त्यसलाई संसद्ले टुंगाे लगाउने गरी पठाउनुपर्ने बताए ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुगाेमा पुर्‍याउन विषयगत छलफलका लागि कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत उपसमिति बनाउन सुझव दिए। उनले समितिको काम फराकिलो तरिकाले गर्नका लागि उपसमिति आवश्यक रहेको जनाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १ : ५७ बजे

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

गण्डकी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका

ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ

रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

पोखरा- सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि