मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने « Khabarhub

मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो ।

आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन् । कार्यक्रममा अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि रहनेछिन् ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भए पनि हङकङमा कार्यरत नेपालीहरूलाई बिदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो । कार्यक्रमबारेमा बिहीबार एनआरएनए हङकङको कार्यालयमा एक कार्यक्रमको जानकारी गराइएको थियो ।

डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङको प्रमुख आतिथ्यमा भएको जानकारी सभामा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरुङ (टीका) एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउ हङकङस्थित अन्य सामाजिक संघ–संस्थाले पनि हातेमालो गर्ने भएका छन् । नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङलगायतका संघ–संस्था सह आयोजकका रूपमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  २ : ०८ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।