कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ « Khabarhub

कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्  ।

मन्त्री गुरुङले उक्त प्रस्तावका सम्बन्धमा यसअघि पनि छलफल भएको र सो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकारकोतर्फबाट धारणा व्यक्त गरिसकेको जानकारी गराए ।

मन्त्री गुरुङले सरकारले संविधान कार्यान्वयनको कार्य योजना बनाएर कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको बताउँदै यो सबैको साझा कार्यभार भएको उल्लेख गरे । उनले हालसम्म नयाँ १३१ कानुन, ४६ संशोधन र १३ केही नेपाल ऐन संशोधन गरी १९० ऐन बनिसकेको जानकारी दिए।

बैठकमा सांसद दिलकुमारी रावल थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावका समर्थक सांसदहरु देवेन्द्र दाहाल, अनिता देवकोटा, गोपीबहादुर सार्की अछामी, महोम्मद खालिद, शेखरकुमार सिंह, डा विमला राई पौड्याल र खिमलाल देवकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

सङ्कल्प प्रस्तावमाथिको छलफलमा बैठकमा सांसदहरुले बोलेका थिए । बैठकले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : २९ बजे

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने