कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ | Khabarhub Khabarhub

कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्  ।

मन्त्री गुरुङले उक्त प्रस्तावका सम्बन्धमा यसअघि पनि छलफल भएको र सो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकारकोतर्फबाट धारणा व्यक्त गरिसकेको जानकारी गराए ।

मन्त्री गुरुङले सरकारले संविधान कार्यान्वयनको कार्य योजना बनाएर कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको बताउँदै यो सबैको साझा कार्यभार भएको उल्लेख गरे । उनले हालसम्म नयाँ १३१ कानुन, ४६ संशोधन र १३ केही नेपाल ऐन संशोधन गरी १९० ऐन बनिसकेको जानकारी दिए।

बैठकमा सांसद दिलकुमारी रावल थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावका समर्थक सांसदहरु देवेन्द्र दाहाल, अनिता देवकोटा, गोपीबहादुर सार्की अछामी, महोम्मद खालिद, शेखरकुमार सिंह, डा विमला राई पौड्याल र खिमलाल देवकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

सङ्कल्प प्रस्तावमाथिको छलफलमा बैठकमा सांसदहरुले बोलेका थिए । बैठकले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : २९ बजे

फिल्म ‘तेल भिसा’को डबिङ गर्दै विपिन

काठमाडौं- अभिनेता विपिन कार्की फिल्म ‘तेल भिसा’को डबिङमा सहभागी भएका

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : मन्त्री चौधरी

राजविराज– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न

‘संविधान पुनरावलकोन हार-जितको कुरा होइन, सहमतिको सरकार चाहिन्छ’

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधान संशोधन र समीक्षामा जानुभन्दा पहिले

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा

छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक