शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी « Khabarhub

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको कल्पना गर्न नसकिने बताएका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविको आज ६९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताए।

पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन–पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताए। कृषिले नै मुलुकलाई समृद्ध बनाउने उनको भनाइ थियो ।

प्रधानाध्यापक विष्णुकुमारी केसीले हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म दुई हजार सात सय ५१ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। विद्यालयमा हाल उच्च मावि, व्यवस्थापन तथा मानविकी समूह, विज्ञान समूह र प्राविधिक शिक्षातर्फ तीनवर्षे बाली विज्ञानको पढाइ भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : १८ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता