शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी | Khabarhub Khabarhub

शिक्षाबिना विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको कल्पना गर्न नसकिने बताएका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविको आज ६९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताए।

पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन–पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताए । उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताए। कृषिले नै मुलुकलाई समृद्ध बनाउने उनको भनाइ थियो ।

प्रधानाध्यापक विष्णुकुमारी केसीले हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म दुई हजार सात सय ५१ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। विद्यालयमा हाल उच्च मावि, व्यवस्थापन तथा मानविकी समूह, विज्ञान समूह र प्राविधिक शिक्षातर्फ तीनवर्षे बाली विज्ञानको पढाइ भइरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : १८ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल