कश्मीरका विषयमा पाकिस्तानले भन्यो: भारतीय कदम गैरजिम्मेवार र अविवेकपूर्ण व्यवहार « Khabarhub

कश्मीरका विषयमा पाकिस्तानले भन्यो: भारतीय कदम गैरजिम्मेवार र अविवेकपूर्ण व्यवहार


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० खारेज गरेकोप्रति चर्को आलोचना गरेका छन् ।

उनले त्यहाँको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारतको पछिल्लो कदम ‘गैरजिम्मेवार, एकपक्षीय र अविवेकपूर्ण व्यवहार’ भएको भन्दै आलोचना गरेका हुन् ।

भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको कश्मीरका नेताहरुलाई नजरबन्दमा राखिएको तथा जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरिएकोप्रति प्रधानमन्त्री खानले विश्वका नेताहरुको ध्यानाकर्षण गरेको पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा भारतको पछिल्लो कदमले कश्मीरमा हिंसालाई बढाउने र रणनीतिक रुपमा संवेदनशील क्षेत्रमा अस्थिरतालाई बढाउने चेतावनीसमेत दिइएको छ । आणविक शक्तिसम्पन्न दुबै मुलुकहरुले कश्मीरका विषयमा दुईवटा युद्ध लडिसकेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ३७ बजे

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्

तीजको कोसेली : कर्णालीको स्याउ

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम- इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद

विपद् संकटग्रस्त क्षेत्रका सांसद र स्थानीय तह प्रमुखसँग प्रधानमन्त्री बालेनको बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र