राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : नेता रायमाझी « Khabarhub

राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै : नेता रायमाझी


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् ।

आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा रायमाझीले संसदमा लामो समयदेखि कांग्रेसको नेतृत्व नभएको अवस्थामा अब राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका हुन् ।

उनले कांग्रेसको नेतृत्व नहुँदा सूचना लुकाउनेलगायतका काम भएकाले अब सहज हुने जिकिर गरे । उनले राष्ट्रियसभा र समितिहरुमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रायमाझीले संसदमा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै अब कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए ।

त्यस्तै, निवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरि काम गर्ने बताए । उनले संविधानको लक्ष्य अनुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजङ्ग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहरा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ३ : २१ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको