सेना दिवसमा सैनिक प्रदर्शनी हुने « Khabarhub

सेना दिवसमा सैनिक प्रदर्शनी हुने


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको धनगढीमा तीन दिने विविध सैनिक प्रदर्शनी अवलोकन तथा ‘युनिटी रन’ आयोजना गर्ने भएको छ ।

यही फागुन २६ देखि २८ गतेसम्म नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीस्थित कवर्डहल खेल मैदानमा आयोजना गर्ने प्रदर्शनीमा सर्वसाधारणलाई सेनाको विविध पक्षबारे जानकारी गराइने आयोजकले जनाएको छ ।

सो क्रममा इतिहासदेखि हालसम्मका सेनासम्बन्धी गतिविधि तथा हातहतियार, उपकरण, पोशाकलगायत विविध विषयवस्तु प्रदर्शनमी रहने सेनाले जनाएको छ । निःशुल्क प्रवेश सुविधा मिलाइएको प्रर्दशनीमा सर्वसाधारण, विद्यार्थीलगायत सबैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

युनिटी रनमा सहभागी हुनेहरुले यहाँ रहेको सैनिक गण तथा गुल्महरुमा नाम दर्ता गर्ने प्रवन्ध मिलाइएको छ । कञ्चनपुरबाट सहभागी हुने खेलाडी तथा सर्वसाधारणहरुको नाम दर्ता श्रीदल गुल्म भगतपुर ब्यारेकमा गर्न सकिने सेनाले जनाएको छ ।

गत वर्ष पनि सेना दिवसका अवसरमा सुदूरपश्चिममा सैनिक प्रर्दशनीका साथै खेलकुद लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : १० बजे

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु

श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको

चुनदेवीमा सभापतिको बोर्ड टाँसेका देउवालाई सानेपाले कसरी सम्बोधन गर्ला ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा करिब पाँच महिनाको स्वास्थ्य

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर