चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै « Khabarhub

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो ।

हङकङ पोस्टका अनुसार सन् २०२३ मा चीनको प्रत्यक्ष लगानीको दायित्व भुक्तानी सन्तुलनको ३३ अर्ब डलर पुगेको छ । सन् २०२२ को तुलनामा यो ८२ प्रतिशतले कम र सन् १९९३ यताकै सबैभन्दा कम रहेको जनाइएको छ ।

त्यसबाहेक अमेरिका, जापान, ताइवान, भारतजस्ता मुलुकसँग भूराजनीतिक तनाव चुलिएका कारण पनि विदेशी लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएको जनाइएको छ ।

त्यसैगरी, बढ्दो ज्याला, घरजग्गा क्षेत्रमा देखिएको संकट र आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा पनि लगानी घटेको पाइएको हो ।

सन् २०२३ को चौथो त्रैमासिकमा चीनमा केबल १७ अर्ब ५० करोड डलर वैदेशिक लगानीका रुपमा भित्रिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ११ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार