सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता | Khabarhub Khabarhub

सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र मिटरब्याजपीडितका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । वार्ता बिहान ११ बजे गृहमन्त्रालयमा हुनेछ ।

सरकार र मिटरब्याजपीडितबीच हिजो बेलुका भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बस्ने गरी सकिएको थियो ।

आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने तयारी रहेको छ ।

हिजोको वार्तामा मिटरब्याज तथा ठगिविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोली र सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितसहितको टोली सहभागी थिए ।

सरकारले वार्ताका लागि हिजो नै सरकारी वार्ता टोली बनाएर पीडित पक्षलाई छलफलमा बोलाएको थियो ।

झण्डै चार हजार पीडित गत बुधबार काठमाडौँ आइपुगेका थिए । गत पुस १६ गतेबाट पूर्वीनाका काँकडभिट्टा र पश्चिमको गड्डाचौकीबाट ‘न्यायका लागि मार्चपास’ सुरु गरेका थिए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ३४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा