एनआरएन अष्ट्रेलियाको चुनाव कानूनी विवादमा, पुनः चुनाव गर्न माग (पत्रसहित) | Khabarhub Khabarhub

एनआरएन अष्ट्रेलियाको चुनाव कानूनी विवादमा, पुनः चुनाव गर्न माग (पत्रसहित)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– गत महिना अष्ट्रेलियामा सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाव कानुनी विवादमा परेको छ । चुनावका उम्मेद्वार तथा मतदाता सदस्यहरुले एनआरएनको चुनाव विधानअनुरुप सञ्चालन नभएको, चुनावका नियमहरु पलना नगरेको, सदस्यहरुको गोप्य सूचनाहरुको सुरक्षामा लापरबाही गरेको तथा नेतृत्वले गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाइएको छ ।

कानुनी रुपमा वकिलमार्फत एनआरएनका अध्यक्ष तोनु घोतानेलाई लेखिएको पत्रमा एनआरएन अष्ट्रेलिया आफ्नो मुख्य उद्देश्यबाट विमुख भई राजनैतिक, धार्मिक लगायतका क्षेत्र केन्द्रीत भएको आरोप लगाइएको छ ।

अष्ट्रेलियाको कानूनअनुरुप दर्ता भएको एनआरएनले सदस्यहरुको फोन नम्बर, मेडिकेयर कार्ड, इमेल लगायतका गोप्य सूचनाको सुरक्षामा लापरबाही गरेको गम्भीर आरोप लगाईएको छ । स्थानीय गोप्यताको कानूनअनुसार व्यक्तिका यस्ता विवरणहरुको गोप्यता सुरक्षा गर्नु सम्बन्धित संस्थाको दायित्व रहन्छ ।

चुनावमा भएका अवैधानिक गतिविधिबारे आफूले नेतृत्वलाई बारम्बार जानकारी गराएपनि पटकपटक बेवास्ता गरी अन्त्यमा गैरजिम्मेवार जवाफ दिएकाले आफूहरु बाध्य भएर स्थानीय कानूनअनुसार उपचार खोज्न बाध्य भएको एक सदस्यले खबरहबलाई जानकारी दिए । एनआरएनले लामो समयबाट सदस्यका आवाजलाई दबाएको र निजी संस्थाको रुपमा संगठनलाई चलाएकोसमेत उनले आरोप लगाए ।

कानूनी उपचारको खोजी सुरु भएको जानकारीसहितको पत्र आएपछि एनआरएन नेतृत्व भने आगामी बाटो तय गर्ने तयारीमा जुटेको स्थानीय नेपाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत महिना एनआरएन अष्ट्रेलियाको चुनाव प्रक्रिया चलिरहँदा अध्यक्षका प्रत्यासी केसव कँडेलको प्यानलका सदस्यलाई भोट गर्न अनुरोध सहितको एसएमएस मतदाताले पाएका थिए ।

नामै नसुनेका र नचिनेका उम्मेद्वारलाई चुनावमा मतदान गर्न एसएमएसमार्फत अपिल गरिएपछि मतदाता आश्चर्यमा परेका थिए । चुनाव गराउने जिम्मेवारी पाएको निर्वाचन समितिले आफूहरुबाट कुनै गल्ती नभएको दावी गर्दै आएको छ । यद्यपि, जानकारहरु एनआरएनभित्रैबाट उम्मेद्वारहरुले मतदाताको विवरण लिएको बताउँछन् ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ०१ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने