जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध « Khabarhub

जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो ।

होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा मालोनले गोल फर्काउँदै डर्टमन्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि २५औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै डर्टमन्डलाई २–१ को अग्रता दिएका थिए । तर दोस्रो हाफको ६१औँ६५औँ मिनेटमा बेयरले लगातार दुई गोल गर्दै होफिनहेइमलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट ३० अंक जोडेको होफेनहाइम सातौँ स्थानमा छ । पराजित भएको डर्टमण्ड ४१ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ३० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार