जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध « Khabarhub

जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो ।

होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा मालोनले गोल फर्काउँदै डर्टमन्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि २५औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै डर्टमन्डलाई २–१ को अग्रता दिएका थिए । तर दोस्रो हाफको ६१औँ६५औँ मिनेटमा बेयरले लगातार दुई गोल गर्दै होफिनहेइमलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट ३० अंक जोडेको होफेनहाइम सातौँ स्थानमा छ । पराजित भएको डर्टमण्ड ४१ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ३० बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो