पटकपटक म्याद थप्दा पनि बनेन पुल « Khabarhub

पटकपटक म्याद थप्दा पनि बनेन पुल


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–रेग्मीटारस्थित साप्सु खोलामा बनाउन थालिएको पुल पटकपटक समय थप्दा पनि निर्माण सम्पन्न भएको छैन ।

सगरमाथा राजमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने ६५ मिटर लम्बाइको पक्की पुलको काम अझै पूरा हुन सकेको छैन ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन ।

पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।

पुल निर्माणको काम करीब २ प्रतिशत मात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए । उनले चाँडै निर्माण सम्पन्न गरी पुलको उद्घाटन गर्ने तयारीमा लागेको पनि बताए।

ठेकेदारको ढिलासुस्तीमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ साल वैशाख ६ गते र २०७५ साल वैशाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम अनपेक्षित पछाडि धकेलिएको स्थानीयको आरोप छ ।

करीब ६ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटक–पटक म्याद गुज्रँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन् ।

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै विरोधका आवाज उठ्ने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : २२ बजे

ग्रे लिस्टबाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः