छात्रावृत्तिमा चीन गएका नर्सहरु कार्यक्षेत्रमा नफर्किएपछि… « Khabarhub

छात्रावृत्तिमा चीन गएका नर्सहरु कार्यक्षेत्रमा नफर्किएपछि…


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले छात्रावृत्तिमा अध्ययन गर्न पठाएका नर्सहरु अध्ययन सकेपछि सम्पर्क वीहिन भएका छन् । सरकारले छात्रावृत्तिमा मास्टर्स इन एण्भान्स नर्सिङ प्राक्टिस अध्ययनका लागि दुईवर्ष अघि ३८ जना नर्सहरुलाई चीन पठाएको थियो ।

चीनमा अध्ययन पूरा गरेर नेपाल आएपछि आफ्नो दरबन्दी रहेको कार्यालयमा नगएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै एकसातामा आफ्नो कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ ।

अध्ययन सकेर नेपाल फर्किएका नर्सहरुलाई एक साताभित्र दरवन्दी भएको कार्यालयमा उपस्थित भइ स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।

एकसाताभित्र आफ्नो कार्यक्षेत्रमा नफर्किने नर्सहरुलाई सरकारले स्वास्थ्य सेवा ऐन २०५३ को नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए ।  अध्ययन पुरा गरेर नेपाल फर्किएका नर्सहरु कार्यक्षेत्रमा नगएको गुनासो बढेपछि मन्त्रालय कारबाही गर्ने चेतावनी सहित ७ दिन भित्र काममा खटिन निर्देशन दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ३६ को (३) मा कुनै पनि कर्मचारीले अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरी वा नगरी सेवा गर्न नआएमा वा सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालीम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब भत्ता तथा शिक्षण शुल्क र छात्रवृत्ति रकम समेत असुल गरी विभागीय कारबाही हुने उल्लेख छ ।

स्वास्थ्ये सेवाका कर्मचारीले दुईवर्षको सरकारी छात्रवृत्तिमा अध्ययन गर्न बिदेश गएमा ४ वर्ष सरकारले खटाएको क्षेत्रमा काम गर्नुपर्ने नियम रहेको छ ।

हेर्नुस् मन्त्रालयको पत्र :

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : ३४ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर