अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च « Khabarhub

अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अक्षय कुमारको ‘फिटनेस’को चर्चा धेरै हुन्छ । उनी अनुशासित जीवनशैलीका कारण पनि चर्चित छन् ।

भारतको लखनउमा भर्खरै सम्पन्न एक संवाद कार्यक्रममा अक्षयले आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलेर कुरा गरेका छन् ।

राति अबेरसम्म हुने कार्यक्रम अथवा पार्टीमा अक्षय विरलै भेटिन्छन् । उनी मद्यपान र धुमपानबाट टाढा रहन्छन् । यद्यपि सातामा एक दिन ‘चिट डे’ मनाउने उनी बताउँछन् ।

उनी भन्छन्, ‘त्यस दिन म विशेष गरी छोले–पुरी र हलुवा खान्छु ।’ अन्य दिन भने उनी स्वस्थकर खानामै जोड दिने बताउँछन् ।

उनी राति साढे ९ बजे सुतिसक्छन् भने बिहान चार बजे उठेर व्यायम गर्छन् । यो उनको वर्षौँदेखि चलिआएको दैनिकी हो ।

अक्षय भन्छन्, ‘म  बिहान उठेर दैनिक डेढ घण्टा वर्कआउट गर्छु । यो एकदमै महत्त्वपूर्ण छ । मानिसले आफ्ना लागि समय नै दिँदैनन् । अन्य मानिसले सामाजिक सञ्जाल हेरेर बिताउने समय म व्यायाममा खर्च गर्छु ।’

व्यायामपछि बिहानको खाजा खाएर काममा निस्कने अक्षय बताउँछन् । दिउँसो काम गर्न रुचाए पनि कहिलेकाहीँ  फिल्मको कथाका कारण राति अबेरसम्म खटिनु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई राति काम लगाउँदा निर्देशक र निर्माताले दुःख पाउँछन् ।’

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : २१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट