क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो : ओरेक नेपाल  « Khabarhub

क्यानले महिला खेलाडीमाथि अन्याय गर्‍यो : ओरेक नेपाल 


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- महिला पुनर्स्थापना केन्द्र (ओरेक) नेपालले लिङ्गको आधारमा पारिश्रमिक तोकिनु संविधान विपरीत भएको बताएको छ । साथै, महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा नहेर्न क्यानलाई ध्यानाकर्षण गरेको छ । 

सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष खेलाडी र महिला खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । जसमा पुरुष खेलाडी र महिला खेलाडीबीचको पारिश्रमिक फरक–फरक तोकिएको छ । 

संघको केन्द्रिय समितिको बैठकले पारिश्रमिक पुरुषहरू तर्फ ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार इमर्जिङ्ग क्याटागोरीलाई  २५ हजार मासिक तलब उपलब्ध गराउने  निर्णय गरेको छ । 

महिला तर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ्ग क्याटागोरीलाई २० हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । 

उक्त निर्णयले महिलाको श्रमलाई पृष्ठपोषण गरेको ओरेकको आरोप छ । नेपालको संविधान २०७२ ले लैङ्गिक आधारमा पारिश्रमिकमा कुनै भेदभाव गरिने छैन भनेको छ । तर क्यानले महिला खेलाडीको पारिश्रमिक आधा तोकेको छ । ओरेक नेपाल महिला अधिकार र सामाजिक न्यायका लागि काम गर्ने संस्था हो

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ३४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल