कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे « Khabarhub

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग (एसइसी) ले बताएको छ । 

‘आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्’, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । 

जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् ।

मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकेको छ । 

विश्वको अन्तिम जीवित फिरन्तेहरूको मुलुकमध्ये एकका रूपमा मङ्गोलियाले हालै कडा चिसो र पशुधनको क्षतिका कारण आफ्नो प्रकोप तयारीलाई उच्च सतर्कतामा राखेको छ । 

भूपरिवेष्ठित मङ्गोलियाको खानीमा निर्भर अर्थतन्त्रमा विविधता ल्याउन पशुपालनलाई प्रवर्द्धन दिनु सबैभन्दा व्यावहारिक तरिका मानिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ४७ बजे

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

काठमाडौं– जेन-जी संयुक्त समूहले दिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ ।