मोटोरोलाकाे घडी जस्तै नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक « Khabarhub

मोटोरोलाकाे घडी जस्तै नाडीमा लगाउन मिल्ने स्मार्टफोन सार्वजनिक


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमै पहिलो पटक घडीजस्तै नाडीमा बेरेर लगाउन मिल्ने विशेष प्रकारको स्मार्टफोन सार्वजनिक भएको छ ।

गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी दिएको स्मार्टफोन कम्पनी मोटोरोलाले उक्त फोन सार्वजनिक गरेको हो । यो ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित रहेको बताइएको छ ।

फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाउनु पर्छ । त्यसपछि त्यो फोन घडी जसरी हातमा अडिने र लगाएपछि पनि सजिलै हिँड्न सकिने बताइएको छ ।

मिडिया रिपाेर्टका अनुसार फोनमा ६.९ इन्चको फुल एचडीको डिस्प्ले राखिएको छ । साथै यसबाहेक फोनलाई बङ्ग्याएर दुई ओटा स्क्रिन बनाउन सकिने भनिएको छ । यद्यपि अझै पनि फोन तथा प्रविधिबारे कम्पनीले विस्तृत जानकारी भने दिएको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ३ : १४ बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’