बेरोजगार युवायुवतीका लागि ‘जब फेयर’ « Khabarhub

बेरोजगार युवायुवतीका लागि ‘जब फेयर’


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो ।

वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगारी उपलब्ध गराउने सोचका साथ कार्यक्रम अघि सारिएको बताए।

उनका अनुसार जब फेयरमा विभिन्न १२ कक्षबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने विश्वास व्यक्त गर्दै उहाँले भौतिक विकाससँगै आर्थिक विकासमा समेत सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।

उत्पादनदेखि प्रविधिमैत्री विषयमा जब फेयरमा जानकारी लिन पाइने छ । वडाका तर्फबाट यसअघि पनि फरक ढङ्गका कार्यक्रम गर्दै आएको वडाध्यक्ष बरालले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : ३३ बजे

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र

अमेरिकामै पूर्ण छात्रवृत्तिमा पढेका चिरनजंग थापा त्यहीँका लागि राजदूत सिफारिस

काठमाडौं- सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि