कपाल नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्ती ! « Khabarhub

कपाल नुहाउने बित्तिकै नगर्नुहोस् यी गल्ती !


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामी धेरैलाई नुहाएपछि अब सफा भइयो, केही समस्या छैन भन्ने लाग्छ तर नुहाउनु साथ गर्ने केही गल्तीहरूका कारण कपालमा निकै समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

नुहाउने बित्तिकै के गर्नु हुँदैन

१. नुहाउने बित्तिकै हामी जो कोहीले पनि चिसोमा कपाल कोर्नु हुँदैन । चिसोमा कपाल कोर्दा कपालको जरा कमजोर हुने र टुक्रिने समस्या बढ्न सक्छ ।

२. नुहाउने बित्तिकै चिसो कपालमा मालिस गर्नु हुँदैन। यसो गरेमा कपाल झर्ने र टुक्रिने समस्या हुन्छ ।

३. चिसो कपाल बाँध्नु हुँदैन । जसका कारण कपालमा इन्फेक्सन हुनुका साथै चाया बढ्ने, कपाल झर्ने जस्ता समस्याहरू बढी हुन्छ ।

४. हेयर स्टाइलिङ मेसिनको प्रयोग र कपाल नुहाउने बित्तिकै ड्राइ वा स्ट्रेट गर्ने मेसिनको प्रयोग गर्नु हुँदैन । जसको प्रयोगले कपालको जरा कमजोर भई झर्ने र हाँगा आउने समस्याहरू बढेर जान्छ ।

५. चिसो कपाल लिएर बाहिर निस्किँदा कपालमा इन्फेक्सन हुनुका साथै धुलोका कारण चाया बढ्छ र कपाल झर्ने समस्या बढ्छ ।

६. तातो पानीले टाउको ननुहाउने उच्च पानीको तापक्रममा कपाल नुहाउँदा कपाल झर्न सक्छ ।  

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ३९ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित