रास्वपाका ६ सांसद इलाम जाँदै « Khabarhub

रास्वपाका ६ सांसद इलाम जाँदै


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीका लागि ६ सांसद इलाम पठाउने भएको छ । आगामी वैशाख १५ गते इलाम २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ स्थानमा ६ सांसद खटाउने निर्णय गरेको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा जानेका छन् ।

महामन्त्री ढकालले  स्थानीय आवश्कता हेरेर उम्मेदवार खडा गर्नेबताए । उनले भने, ‘स्थानीय आवश्कता र भूगोलको पहिचान बुझेको नेता उठाइन्छ । हाम्रो थप एक ससक्त सासद सभामा प्रवेश गर्नुहुने छ ।’

उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम तय भएको उनले बताए । इलाममा रहँदा सबै सांसदहरुले स्थानीयसँग भेटघाट र छलफल गर्ने उनको भनाइ छ । रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १० : ५२ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने