गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु « Khabarhub

गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । 

सो घटनामा परी २८० जना घाइते भएका छन्।

इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायली प्रवक्ताले गाजा अधिकारीहरूको आरोपलाई अस्वीकार गर्दै घटना भएको भनिएको ठाउँमा कुनै गोलाबारी नभएको जिकिर गरेका छन ।

उही समयमा प्यालेस्टिनी अधिकारीहरूले एक अस्पतालले त्यहाँ १० जनाको शव लगिएको बताएको बताए। अक्टोबर ७ हमासको हमलापछि इजरायलको हवाई, सामुद्रिक र स्थल हमलाले गाजा शहर र उत्तरी गाजा वरपरको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ। लगातारको आक्रमणका कारण तीन चौथाइ जनसंख्या विस्थापनको सिकार भएका छन् ।

साथै, हमलाका कारण गाजाका जनतालाई सहायता पुर्‍याउन कठिन भएको मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्। तर इजरायलले संयुक्त राष्ट्रसंघीय निकायको दाबीलाई अस्वीकार गरेको छ। इजरायली एजेन्सी कोगाटले चिकित्सा सहायतामा अवरोध गरेको आरोप निराधार भएको बताएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १ : ०६ बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा