१४ लाखबढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

१४ लाखबढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा  १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार भारुले बताएका छन्।

बरामद रकमको पाख्रिनले  स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’