१४ लाखबढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ « Khabarhub

१४ लाखबढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना  पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकल चढेका पाख्रिनले बोकेको झोलामा  १४ लाख १० हजार रुपैयाँ फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार भारुले बताएका छन्।

बरामद रकमको पाख्रिनले  स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। हाल उनी इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको तथा हुण्डी कारोबारमा संलग्न रहेको सर्लाही प्रहरीको अनुमान रहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ४५ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको