बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत « Khabarhub

बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गर्नुभएको हो । । नेपालको संविधानमा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था छ । बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ ।

जसअनुसार बिम्स्टेकका अन्य ६ सदस्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । उहाले बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने धारणा राखे ।

यसअघि भाद्रमा बसेको मन्त्रिपरिषद् बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि संघीय संसदमा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । नेपालले सन् २००४ मा बिम्स्टेकको सदस्यता लिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ४३ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले