बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत « Khabarhub

बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

शुक्रबार बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गर्नुभएको हो । । नेपालको संविधानमा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था छ । बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ ।

जसअनुसार बिम्स्टेकका अन्य ६ सदस्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । उहाले बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने धारणा राखे ।

यसअघि भाद्रमा बसेको मन्त्रिपरिषद् बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि संघीय संसदमा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । नेपालले सन् २००४ मा बिम्स्टेकको सदस्यता लिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया