बैङ्कका कर्मचारी पक्राउ परेकोबारे निजी क्षेत्रको ध्यानाकर्षण « Khabarhub

बैङ्कका कर्मचारी पक्राउ परेकोबारे निजी क्षेत्रको ध्यानाकर्षण


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्जा दुरुपयोगको विषयलाई लिएर बैङ्कका कर्मचारी पक्राउ परेकोप्रति निजी क्षेत्रका संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको कर्जाका सम्बन्धमा बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पक्राउ पर्नु दुःखद रहेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएका हुन् ।

धितो मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत मङ्गलबार प्रभु बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी कमर्सियल बैङ्कका पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । पछिल्लो घटनाले समग्र बैङ्किङ क्षेत्रको व्यावसायिकतामाथि नै आँच आएको निजी क्षेत्रको भनाइ छ ।

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैङ्क तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गरेको विज्ञप्तिमा जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले विद्यमान ऐन तथा केन्द्रीय बैङ्कबाट जारी भएका निर्देशनहरुको अधीनमा रही निक्षेप सङ्कलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गरिरहेको निजी क्षेत्रले जनाइएको छ । व्यावसायिक कर्जाको हकमा व्यवसायको कारोबार प्रकृतिअनुसार स्थिर पूँजी तथा चालू पूँजीतर्फ भिन्न–भिन्न प्रकारका कर्जा प्रवाह हुने गरेको निजी क्षेत्रका छाता संस्थाहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ५ : ५६ बजे

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय