आयरल्याण्डले पहिलो पटक जित्यो टेस्ट « Khabarhub

आयरल्याण्डले पहिलो पटक जित्यो टेस्ट


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयरल्याण्डले पहिलो पटक टेस्ट जितेको छ । यूएईको अबुधाबीमा रहेको टोलरेन्स ओभलमा शुक्रबार सम्पन्न खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो । यससँगै आयरल्याण्डले इतिहासमै पहिलो पटक टेस्टमा जित दर्ता गराएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो इनिङमा १ सय ५५ रन बनाएको थियो । आयरल्याण्डले भने पहिलो इनिङमा २ सय ६३ रन बनायो । अफगानिस्तानले दोस्रो इनिङमा २ सय १८ रन बनायो ।

१ सय ११ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको आयरल्याण्डले तेस्रो दिनको खेल नसकिँदै ६ विकेटको जित हासिल गर्‍यो । सन् २०१७ मा टेस्ट मान्यता पाएको आयरल्याण्डले यसअघि खेलेका सबै ७ टेस्टमा पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ६ : ५० बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल