जुम्लाले जित्यो कर्णाली प्रदेशस्तरीय फुटबलको उपाधि « Khabarhub

जुम्लाले जित्यो कर्णाली प्रदेशस्तरीय फुटबलको उपाधि


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ । आज भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले ह्याट्रिक गरे । यस्तै चौथो गोल महेन्द्र शाहीले पेनाल्टि सुटआउटमा गरेका थिए । हुम्लाले उपविजेतामै चित्त बुझायो । प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यही फागुन १५ गतेदेखि सञ्चालन भएको थियो । जुम्लामा पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए ।

प्रतियोगितामा कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लाले सहभागिता जनाएका थिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

आगामी २०८१ मङ्सिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ५८ बजे

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार

युक्रेन,रूस र अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की

युक्रेन– युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच दुई दिन चलेको

बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले फागुन

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई