हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ « Khabarhub

हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

दुवैजनालाई काठमाडौँबाट पक्राउ गरेर आज नुवाकोट ल्याइएको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आजै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।

हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले बताए। नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए । अनुसन्धानका क्रममा रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दम्पतीले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ९ : ३१ बजे

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत– बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका