आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन १९ गते शनिबारको राशिफल


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १९ गते शनिबार तदनुसार सन् २०२४ मार्च २ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । आफन्त र साथीभाइले सहयोग गर्नेछन् । लगानी गरेको क्षेत्रबाट उत्साह मिल्नेछ । साथीको हुटहुटीमा लागेमा खर्च बढ्ने जोखिम हुन्छ । नयाँनयाँ कुराको ज्ञान हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दैनिकी राम्रो छ । स्वास्थ्यमा लाभ हुनेछ । शिक्षामा राम्रो नतिजा प्राप्त हुने योग छ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा भने ठग सक्रिय भएकाले लगानी गर्नुअघि सचेत हुनुपर्ने देखिन्छ ।

मिथुन : दिन राम्रो छ । आफ्नो महत्त्व बुझ्नुपर्ने दिन हो । बोल्दा ख्याल गर्नुपर्नेछ । बोली व्यवहारिक बनाउनुपर्ने देखिन्छ । संघर्ष वा परिश्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । हरेक क्षेत्रमा विवाद हुनसक्ने जोखिम छ । शिक्षामा भने सफलता मिल्नेछ । वैदेशिक रोजगारी र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने देखिन्छ । प्रेम सम्बन्ध टिकाउन मेहनत आवश्यक छ ।

सिंह : दैनिकी राम्रो छ । योजना सार्वजनिक नगरी कार्यान्वयन गर्नु फाइदाजनक हुनेछ । गोप्य ढंगले सम्पन्न गरेका काम सफल बन्नेछन् । परिवारको साथ मिल्नेछ । सामाजिक क्षेत्रमा सहयोगी साथीहरु भेटिने छन् ।

कन्या : दिन राम्रो छ । आजको दिन उत्साहका साथ बित्नेछ । साथी र आफन्त सकारात्मक छन् । योजना बनाएको भए ठुलो कामको सुरुवात गर्ने दिन हो । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : समय राम्रो छ । समाजसेवामा मन जानेछ । शिक्षा र राजनीतिक क्षेत्रमा फाइदा हुनेछ । समाजले सम्मान गर्ने योग छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ ।

वृश्चिक : दैनिकी राम्रो छ । बोलीको प्रभावले धेरै काम बन्नेछन् । साथीसँगको सम्बन्ध सुमधुर बन्नेछ । थोरै बालेर धेरै काम गर्नुपर्ने समय हो । परिवारसँगको सम्बन्धमा भने खटपटी आउने देखिन्छ । घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ ।

धनु : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । साथीहरु सकारात्मक हुनेछन् । लगानीका क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । व्यवहार गर्दा ठुलो आँट नगर्नु राम्रो हुनेछ । लगानी नगर्नु राम्रो हुन्छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । दाजुभाइबाट सहयोग मिल्नेछ । गुमेको सम्पत्ति भेटिने छ । बोल्न नजान्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । महत्त्वपूर्ण कुरा वा विषयमा बोल्नु अगाडि तीन पल्ट सोच्नु राम्रो हुन्छ ।

मीन : दैनिकी सामान्य छ । सञ्चित धनको खर्च हुनेछ । साथीभाइले एक्लो बनाउनसक्ने जोखिम देखिन्छ । आफ्नो आवास क्षेत्रमा विवाद हुनसक्छ । वर र पिपलमा पानी लगाएमा दिन सकारात्मक बन्नेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : ०७ बजे

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै

विश्वासको मत प्राप्त हुनेमा कुनै दुबिधा छैन : प्रधानमन्त्री 

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ

व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल 

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी

प्रचण्डलाई माधवको कटाक्ष – ‘प्रधानमन्त्रीज्यूको तमासा मात्रै हेरेर बसेका छौँ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल