माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने « Khabarhub

माछापुच्छ्रे बैंकको असफल डिजिटल कारोबार मोबाइल एपबाटै रिपोट गर्न सकिने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैङ्क लि.ले डिजिटल माध्यमबाट भएका असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एपरवेबसाईट मार्फत बैंकमा रिपोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएको छ ।

जस अन्तर्गत असफल भएको कारोबारलाई रिपोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिने छ । बैंकका अनुसार असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।

बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआईकनै जहाँकहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो ।

यस अन्तर्गत ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिपोट गर्न सक्नेछन् ।

यसरी ग्राहकको रिपोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्नेछ ।

स्मार्ट बैंकको रूपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजिटल बैंकिङ्ग सेवा सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : २६ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि