सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : मन्त्री बस्नेत « Khabarhub

सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : मन्त्री बस्नेत


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सबै मिलेर डिजिटल नेपालको उद्घोष र सङ्कल्पलाई सफल बनाउनुपर्ने बताएक हुन् । उनले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वसनीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले मुलुकमा देखिएको चुनौतिहरुलाई अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । सूचना मार्गको विस्तारलाई तीव्रता दिनुपर्ने भन्दै उनले यसमा देखिएको समस्या छिटै हल गर्नुपर्ने ‍बताए । उनले दूरसञ्चार क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले दूरसञ्चार क्षेत्रलाई नियमन गर्न प्राधिकरणलाई देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ४० बजे

मधेसवासीलाई सांसद अमरेशको अपिल : जातीय र धार्मिक हिंसाले कसैको भलो गर्दैन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको