सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : मन्त्री बस्नेत | Khabarhub Khabarhub

सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्छ : मन्त्री बस्नेत


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सबै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्ने बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सबै मिलेर डिजिटल नेपालको उद्घोष र सङ्कल्पलाई सफल बनाउनुपर्ने बताएक हुन् । उनले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वसनीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले मुलुकमा देखिएको चुनौतिहरुलाई अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने धारणा राखे । सूचना मार्गको विस्तारलाई तीव्रता दिनुपर्ने भन्दै उनले यसमा देखिएको समस्या छिटै हल गर्नुपर्ने ‍बताए । उनले दूरसञ्चार क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै उनले दूरसञ्चार क्षेत्रलाई नियमन गर्न प्राधिकरणलाई देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ४० बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत