राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी काम गरेको छु : कांग्रेस संसदीय दलका नेता रायमाझी « Khabarhub

राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी काम गरेको छु : कांग्रेस संसदीय दलका नेता रायमाझी


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाको ६ वर्षे कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन् ।

६ वर्षे कार्यकाल पुरा हुनुअघि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनी प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन् । उनले सरकारले समयमा नै विधेयकहरु नल्याउदा कानुन निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा राखे ।

सरकारले ल्याएका विधेकहरुलाई राष्ट्रियसभा संसदीय दलले आन्तरिक छलफल गरी आवश्यकता अनुसार संशोधन पनि दर्ता गरेको उनको भनाइ छ । उनले सङ्क्रमणकालीन न्याय, निजामती ऐनलगायत महत्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउँदा दुःख लागेको बताए ।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन् । राष्ट्रियसभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी विदा हुँदैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ३ : २७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको